बन्द गरिएका सामाजिक सञ्जालहरु खुल्ला गर्ने सरकारको निर्णय

76
Shares

काठमाडौँ, २३ भदौ । सरकारले गत साता देखि बन्द गरेको फेसबुक, युट्युव, ट्वीटर (एक्स), ह्वाट्स एप जस्ता सामाजिक सञ्जाल (सोसियल नेटवर्क) पुनः खुल्ला गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले दर्ता नभएको भन्दै यसअघि बन्द गर्ने निर्णय गरेको २६ वटा सोसियल नेटवर्क खुल्ला गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ ले जानकारी दिए ।

मन्त्रिपरिषद्को यो निर्णयसंगै फेसबुक युट्युव जस्ता यसअघि बन्द भएका नेटवर्कहरु चल्न थालेका छन् ।

सामाजिक सञ्जाल बन्द गरिसकेपछि जेन जी पुस्ताको अगुवाईमा आज भएको प्रदर्शनमा १९ जनाको मृत्यु र ४२२ जना बढी घाइते भएका थिए । घट्ना लगत्तै प्रधानमन्त्रीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका थिए । सोही बैठकले जेन जीको मागलाई पुरा गरिदिएको मन्त्री गुरुङले बताए ।

आजको नरसंहार पछि गृह मन्त्री रमेश लेखकले राजिनामा दिई सकेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *