एभरेष्ट अस्पतालमा मृत्यु भएका तीन जनाको सनाखत

80
Shares

काठमाडौँ, २३ भदौ । जेन जी आन्दोलनका क्रममा प्रहरीको गोली लागि नयाँ बानेश्वरस्थित एभरेष्ट अस्पतालमा उपचारका क्रममा निधन भएका तीन जना आन्दोलनकारीको पहिचान खुलेको छ ।

अस्पतालले दिएको जानकारी अनुसार ललितपुर महानगरपालिका ७ दुपाटका ३० वर्षीय विनोद महर्जनको दिउसो १ : ५८ बजे निधन भएको हो ।

यस्तै काभ्रे तेमाल गाउपालिका ७ स्थायी घर भई पाटन ढोका बस्ने वर्ष ४२ को दिलनारायण तामाङको दिउसो २:४० बजे निधन भएको हो ।

यस्तै दुवाकोट भक्तपुरका २३ वर्षीय योगेश न्यौपानेको दिउसो ३:४५ बजे उपचारको क्रममा निधन भएको हो । अस्पतालका निर्देशक डा नरेश गिरीले मृतक तीन जनालाई नै गोली लागेको उल्लेख गरे ।

दिउसो रणमैदान बनेको बानेश्वर क्षेत्रबाट नजिक रहेको सो अस्पतालमा १०५ जना उपचारका लागि आएको र गम्भीर घाईते ८ जनालाई ट्रमा सेन्टर, वीर र त्रिवि शिक्षण अस्पताल रिफर गरिएको समेत उल्लेख गरेको छ ।

सामान्य घाईतेहरुको उपचार पछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *