सिभिल अस्पताल भित्र अश्रु ग्यास हान्दै पुग्यो प्रहरी

40
Shares

काठमाडौँ, २३ भदौ । आन्दोलनकारीको उपचार भइरहेको मिनभवन स्थित सिभिल अस्पतालमा अहिले पनि झडप भईरहेको छ । प्रहरी र आन्दोलनकारीबीच अस्पताल भित्रै झडप भएको छ । प्रहरीले अस्पताल भित्रै अश्रु ग्यास हानेको छ ।

अस्पतालका निर्देशक डा महेशचन्द्र रेग्मीले अस्पताल भित्रै झडप, अश्रु ग्याँस प्रहारले अवस्था तनावग्रस्त भएको बताए । उनले भने, ‘अहिले म बोल्न सक्ने अवस्थामै छैन । अवस्था तनावग्रस्त छ । अस्पताल भित्रै अश्रुग्याँस प्रहार हुँदा उपचारमा सम्लग्न चिकित्सक, स्वास्थ्यकमी तथा घाईते तथा तिनका आफन्त र भर्ना भएर उपचाररत पुराना बिरामीहरुलाई भयंकर समस्या भएको छ ।’

जेन जी नेतृत्वमा भएको आन्दोलन नयाँ बानेश्वर तथा मिन भवनमा पुग्दा उग्र रुप लिएको थियो । आन्दोलनकारी सुरक्षा घेरा तोडेर संसद भवन भित्रै प्रवेश गर्न थालेपछि प्रहरीले गोली प्रहार गरेको थियो ।

अहिलेसम्म प्रहरीको गोलीबाट १७ जनाको मृत्यु भईसकेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *