जेन जी आन्दोलन : ट्रमा सेन्टरमा उपचारका लागि ल्याइएका एक जना घाइतेको मृत्यु

40
Shares

काठमाडौँ, २३ भदौ । जेनजीको आन्दोलनमा घाइते भएकामध्ये अर्का एक जनाको पनि र्मत्यु भएको छ । राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि लगिएका एक घाइतेको मृत्यु भएको हो ।

अस्पतालका निर्देशक डा बद्री रिजालका अनुसार ट्रमामा ३० बढी घाइते ल्याइएको र एक जना ल्याउने क्रममा बाटो मै मृत्यु भएको हो ।

यसअघि सिभिल अस्पतालमा उपचारका क्रममा एक जना घाइतेको मृत्यु भएको थियो ।

अर्का एक जना गम्भीर अवस्थामा रहेका अस्पतालका निर्देशक डा मोहनचन्द्र रेग्मीले जानकारी दिए। उनले प्रदर्शनकारीले अस्पतालको प्रशासन भवनमा घेराबन्दी गर्दा समस्या थप जटिल भइरहेको जानकारी दिए।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *