कोशी प्रदेशको स्वास्थ्य सचिवमा डा. यदुचन्द्र घिमिरे नियुक्त

1.2k
Shares

काठमाडौँ, १६ भदौ । कोशी प्रदेश स्वास्थ्य मन्त्रालयको सचिवमा डा. यदुचन्द्र घिमिरे नियुक्त भएका छन् ।

सोमबार (आज) बसेको कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले स्वास्थ्यमा रिक्त सचिव पदमा डा. घिमिरेलाई नियुक्त गर्ने निर्णय गरेको एक जना मन्त्रीले जानकारी दिए ।

संघीय सरकारको २६ साउनमा बसेको मन्त्रिपरिषद्को बैठकले एघारौँ तहका डा घिमिरेलाई कोशी प्रदेश मुख्य मन्त्री कार्यालय वा अन्तर्गत रहने गरी सरुवा गर्ने निर्णय गरेको थियो ।

सोही बैठकले कोशीमा स्वास्थ्य सचिव भएर काम गरिरहेकी डा राधिका थपलियालाई संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ल्याउने निर्णय गरेको थियो ।

संघीय सरकारको निर्णयबाट कोशी पुगेका डा घिमिरेले झण्डै तीन साता पछि प्रदेश स्वास्थ्य सचिवको जिम्मेवारी पाएका हुन् ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *