बार्षिकोत्सवको अवसरमा प्रसूति अस्पतालको नि:शुल्क स्वास्थ्य शिविर

एचपीभी डीएनए टेष्टमा ५० प्रतिशत छुट
140
Shares

काठमाडौँ, १९ साउन ।  परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले आफ्नो ६६ औँ बार्षिकोत्सवको अवसर पारेर कुपण्डोल शाखा भवनमा आज निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

उक्त शिविरमा स्त्री रोग तथा पाठेघर क्यान्सर सम्वन्धी परीक्षण भईरहेको छ । अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारीले शिविरमा ओपिडी टिकेट निशुल्क गरिएको छ । यस्तै पाठेघरको मुखको क्यान्सर सम्वन्धी परीक्षण एचपीभी डीएनए टेष्टमा ५० प्रतिशत छुट दिइएको छ ।

‘यो टेष्टका लागि बाहिर ७ – ८ हजार लाग्छ । प्रसूतिमा २ हजार ५०० रुपैयाँमा हुन्छ । आज चाहि त्यसको ५० प्रतिशत अर्थात १ हजार २५० रुपैयाँमा नै टेष्टको व्यवस्था गरिएको छ,’ निर्देशक डा. अधिकारीले भने ।

शिविरमा गाइनोकोलोजी सम्वन्धी अन्य सेवाहरु पनि उपलव्ध गराइएको अस्पतालले जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *