काठमाडौँमा अवैध रुपमा नक्कली औषधी बनाउने गिरोह फेला

गिरोहले सेक्स पावर बढाउने, स्तन बढाउने र तौल घटाउने भन्दै अनलाइनबाट बेचविखन गर्दथ्यो
4.7k
Shares
नक्कली औषधी बनाउने ठाउँ र भण्डार गरिएको ठाउँ

काठमाडौँ, ६ साउन । काठमाडौँमा अवैध रुपमा नक्कली औषधी बनाउने गिरोह फेला परेको छ । औषधी व्यवस्था विभागको टोलीले आज नेपाल प्रहरीको सहयोगमा काठमाडौँको रामकोट क्षेत्रमा छापा मारी सो गिरोह पत्ता लगाएको हो ।

उक्त गिरोहले कोठा भाडामा लिएर नक्कली औषधी बनाई अनलाइनबाट विक्री बितरण गर्दै आएको थियो । विभागका बरिष्ठ औषधी व्यवस्थापक किरण बज्राचार्यले पछिल्लो एक साता देखिको खोज तथा अनुसन्धान पछि ठाउँ पत्ता लगाई प्रहरीलाई लिएर छापा मार्न गएको बताए । उनीहरुले सेक्स पावर बढाउने, स्तन बढाउने, तौल घटाउने जस्ता प्रचार सामग्री बनाएर अनलाइनबाट विज्ञापन गर्ने गरेका थिए ।

‘हामीले आज छापा मारेर त्यो नक्कली औषधी बनाउने मुख्य स्रोत पत्ता लगायौँ । यद्धपी गिरोहको नाईके एलबी राई फरार भएको अवस्था छ । त्यहाँ आकर्षक प्याकेजिङमा ठूलो परिमाणमा आयुवेर्दिक जस्तो देखिने धुलो क्याप्सल तथा बट्टामा औषधी भनेर राखेको पाइयो,’ बज्राचार्यले भने ।

उनले प्रहरीको सहयोगमा थप गिरोह खोज्ने र अनुसन्धान जारी राख्ने काम भईरहेको समेत बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *