अनामनगरमा भएको शिविरमा १६१ जनाले गरे रक्तदान

80
Shares

काठमाडौँ, ३ असार । नेपवालमा बिरामीको लागि आवश्यक पर्ने रगतको सहज आपूर्ति अझै हुन सकेको छैन । काठमार्डौं तथा देशका विभिन्न ठाउँमा रहेका ब्लड बैंकमा चाहिएको बेला चाहिएको परिमाणमा अझै पनि रगत उपलव्ध हुन सकेको छैन ।

यस्ता समस्या तथा अभावलाई न्युनिकरण गर्न शनिबार अनाम नगरमा बृहत निशुल्क रक्तदान शिविरको आयोजना गरिएको छ ।

त्रिवेणी युवा क्लब र हाम्रो टिम नेपालको संयुक्त आयोजनामा भएको उक्त शिविरमा १६१ जनाले रक्तदान गरेका छन् ।

१८ वर्ष देखि ६५ वर्षसम्म उमेर र ४५ केजी भन्दा माथि तौल भएका स्वास्थ्य व्यक्तिले रक्तदान गर्न सकिन्छ ।

एक पटक रक्तदान गरिसकेपछि अर्को पटक गर्नका लागि तीन महिना पर्खिनु पर्ने चिकित्सकहरुले बताउँछन् ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *