जागिरको अवसर:

स्वास्थ्य बीमा बोर्डले माग्यो १८० जना मेडिकल अधिकृत

काठमाडौँ, १८ जेठ । स्वास्थ्य बीमा बोर्डले १८० जना मेडिकल अधिकृत करार सेवामा नियुक्त गर्न विज्ञापन आव्हान गरेको छ । बोर्डले ९० दिन कार्यअवधीका लागि मेडिकल अधिकृत मागेको हो । बोर्डले यी मेडिकल अधिकृतहरुलाई पेण्डिङ अवस्थामा रहेको माग दावीको रिभ्यु गर्न खटाउने छ ।

बोर्डका सूचना अधिकृत विकेश मल्लका अनुसार बोर्डले गत साउन यताको झण्डै ११ महिनाको रिभ्यू सुरु नै गरेको छैन ।

जनशक्ति कम भएका कारण रिभ्यू गर्न बाँकी रहेको हो । रिभ्यू बाँकी हुँदा रकम भएको अवस्थामा पनि भुक्तानी गर्न मिल्दैन ।
गत १५ असारको बजेट बक्तव्यमा सेवा प्रदायकको अहिलेसम्मको बक्यौता रकम फर फारक गर्ने भनिएको थियो । सोही बक्तव्यलाई समेत कार्यन्व्यनमा ल्याउनका लागि बोर्डले जनशक्ति थप गर्न लागेको हो ।

अहिलेसम्म बोर्डमा मेडिकल अफिसर, नर्स तथा फार्मासिस्ट लगायतका विभिन्न पदका २५ बढीले रिभ्यूमा काम गर्दै आएका छन् । पछिल्लो पटक स्वास्थ्य सेवा विभागले छात्रबृत्तिका ३० बढी मेडिकल तथा नर्सिङ अधिकृत सो कार्यका लागि बोर्डमा पठाउने निर्णय गरेको छ ।

सूचना अधिकृत मल्लका अनुसार अहिले मागिएको मेडिकल अधिकृतका लागि एमबीबीएस उत्तीर्ण हुनु पर्ने छ भने नेपाल सरकारले तोकेको आठौँ तहको सुविधामा उनीहरुले काम गर्नुपर्नेछ ।

बोर्डले योग्यता पुगेका चिकित्सकले ७ दिन भित्र आवेदन दिईसक्न भनेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *