माधवकुमार नेपालको मुटुमा समस्या, एन्जिओप्लास्टी गरियो

काठमाडौँ, २६ वैशाख । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् ।
नेपालको मुटुमा समस्या देखिएपछि बिहीबार महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरी एन्जिओप्लास्टी गरिएको हो ।
मुटुको उपचारपछि उनलाई केही दिन आरामसहित उपचार गर्नुपर्ने चिकित्सकले सल्लाह दिएका छन् । नेपाललाई सघन उपचार कक्षमा राखिएको बताइएको छ ।
उनको स्वास्थ्य संवेदनशीलताका कारण अस्पतालमा भेटघाट बन्द गरिएको पार्टी केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



