टेकु अस्पतालको अध्यक्षमा डा. दीपेन्द्ररमण सिंह नियुक्त

964
Shares
– डा. दीपेन्द्ररमण सिंह

काठमाडौँ, १९ फागुन ।  काठमाडौँ, ( टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु अस्पताल)को अध्यक्षमा पूर्व अतिरिक्त सचिव डा दीपेन्द्ररमण सिंह नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सोमबार मन्त्रिस्तरीय निर्णय गर्दै डा सिंहलाई अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त गरेका हुन्।

पाँच वर्षे कार्यकाल पुरा गरी डा सिंह स्वास्थ्य मन्त्रालयबाट १२ गते अतिरिक्त सचिवबाट अवकाश भएका थिए।

टेकु अस्पतालमा यसअघि बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पूर्व निर्देशक डा चीनबहादुर पुन अध्यक्ष थिए । उनको तर उनको दुई वर्षे कार्यकाल गत ८ असोजमै सकिएको थियो । उनी मात्रै होइन सरकारले नियुक्त गर्ने तीन जना सदस्यहरुको पदावधी पनि त्यसबेला देखि नै सकिएको छ । आज आज अध्यक्ष पदमा नियुक्ती भइरहँदा सदस्यहरुको बारेमा केही बताइएको छैन ।

डा सिंहले आफूले पनि नियुक्ती बारे जानकारी पाएृको बताए ।

उनले अहिले आफू स्वास्थ्य सेवामा पहिलो पाइला राखेको ठाउँ ललितपुरको दक्षिणी दुर्गम भेग आश्राङ पुगेकोले नियुक्तीबारेमा विस्तृत जानकारी लिई नसकेको बताए ।

विसं २०४७ सालमा एचए पढ्दा पढ्दै पहिलो नियुक्ती लिएर ललितपुरको दक्षिणी दुर्गम भेग आश्राङ पुगेका डा सिंह अवका पछि स्वास्थ्य शिविर लिएर अहिले त्यहि पुगेको बताए । ‘मेरो स्वास्थ्य सेवा सुरुवात गरेको ठाउँ आश्राङमा आएको छु । यहाँको स्वास्थ्यको इन्डिकेटरमा के कस्ता परिवर्तन भएछन् हेर्दैछु,’ उनले भने ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *