टोरेन्ट योङ्ग स्कल अवार्डको उपाधी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेहन प्रधानलाई

1.3k
Shares

काठमाडौँ । पोष्टग्राजुएट्स तहका विद्यार्थीबीच गरिएको प्रतिस्पर्धाबाट यसवर्षको टोरेन्ट योङ्ग स्कल अवार्डको उपाधी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेहन प्रधानले जितेका छन् ।

आइतबार सुकेधारास्थित मर्क्युर होटल सुकेधारामा आयोजित अन्तिम स्पर्धामा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका कपिल गौतम दोस्रो र चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्जका सुरेन्द्र क्षेत्री तेस्रो भएका छन् ।

यस प्रतिस्पर्धामा सबै मेडिकल कलेजहरुबाट सहभागिता भए पनि अन्तिममा अनलाइन क्वीजबाट १२ जना अन्तिम प्रतिस्पर्धामा सहभागिता भएका थिए ।

प्रतिस्र्धामामा चितवन मेडिकल कलेजका लिजा शाहले बेष्ट पेपर प्रिजेन्टेशन अवार्ड हात पारेकी छन् ।

टोरेन्ट योङ्ग स्कलर अवार्ड टोरेन्ट फार्मास्युटिकल्सद्धारा वर्षेनी आयोजना हुने एक प्रतियोगिता हो ।

यसमा नेपाल तथा भारतका मेडिकल क्षेत्रका स्नातकोत्तर तहमा अध्ययन्रत विद्यार्थीहरु सहभागी हुने गर्दछन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *