रिक्त भएको पाँच महिना पछि स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक खोजिदै

योग्यता पुगेका ईच्छुकले १० दिन भित्र दरखास्त हाल्नु पर्ने
316
Shares

काठमाडौँ, २४ माघ । स्वास्थ्य बीमा बोर्डमा कार्यकारी निर्देशक पद रिक्त भएको ठ्याक्कै पाँच महिना पछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यकारी निर्देशक नियुक्ति प्रक्रिया अघि बढाएको छ ।

तत्कालीन निर्देशक डा दामोदर बसौलाको चार वर्षे कार्यकाल गत २५ भदौमा सकिएको थियो । त्यस यता बोर्ड निमित्तको भरमा चलेको छ । अहिले स्वास्थ्य मन्त्रालयका सहसचिव डा सरोज शर्माले निमित्त निर्देशकको रुपमा काम सम्हाली रहेका छन् ।

मन्त्रालयले आज बोर्डको कार्यकारी निर्देशक पदमा नियुक्तिका लागि दरखास्त आव्हान सम्वन्धी सूचना प्रकाशित गर्दै योग्यता पुगेका ईच्छुक व्यक्तिले १० दिन भित्र दरखास्त पेश गर्न भनेको छ ।

सूचनामा स्वास्थ्य बीमा ऐन २०७४ को दफा २० बमोजिम कार्यकारी निर्देशक पदमा खुल्ला प्रतिस्पर्धाबाट छनौट गरी ऐनको दफा २२ बमोजिम नियुक्ति गर्नुपर्ने भनिएको छ ।

योग्यता के के ?
मन्त्रालयले जारी गरेको सूचनामा कार्यकारी निर्देशक हुनका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, कानून, चिकित्साशास्त्र, जनस्वास्थ्य वा स्वास्थ्य अर्थशास्त्र सम्वन्धी विषयमा कम्तिमा स्नातकोत्तर उपाधि हासिल गरी सम्वन्धित क्षेत्रमा कम्तिमा १० वर्षको अनुभव प्राप्त गरेको नेपाली नागरिक हुनुपर्ने भनेको छ ।

यस्तै दरखास्त दिने अन्तिम मितिसम्म ६५ वर्ष उमेर ननाघेको हुनुपर्ने समेत भनिएको छ ।

थप जानकारीका लागि हेर्नुहोस् सूचना

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *