नेपाल क्यान्सर सर्भाइभर सोसाइटीद्धारा डा. पिया र डा. सायमीलाई सम्मान

256
Shares

काठमाडौँ, २३ माघ । विश्व क्यान्सर दिवसको डा. मदन पिया र डा. प्रकाश सायमी सम्मानित भएका छन्।

जमलस्थित होटेल एलो प्यागोडामा मंगलबार आयोजित एक कार्यक्रममा नेपाल क्यान्सर सर्भाइभर सोसाइटीले डा. पिया र डा. सायमीलाई सम्मान गरेको हो।

सम्मान पाउने  डा. पिया क्यान्सर रोग विशेषज्ञ हुन् भने डा. सायमी थोरासिक सर्जन हुन्।

नेपालको क्यान्सर उपचारको क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै दुवैजनालाई सम्मानित गरिएको आयोजकले जनाएको छ ।

त्यसअघि बोल्दै सोसाइटीका अध्यक्ष प्रमिता खनालले सर्भाइभर्सलाई घातक रोगले आक्रमण गरे पनि सर्भाइभर्सहरु सक्षम छन् र उनीहरुको एकताले यो रोग माथिको विजय प्राप्त गर्न सकिन्छ भन्दै यसवर्षको विश्व क्यान्सर दिवसको नारा पनि सोही ‘थिम’मा आधारित रहेको बताईन् ।

कार्यक्रममा मेडिकल अंकोलोजिष्ट डा. अरुण शाहीले नेपालमा भईरहेको क्यान्सर रोग उपचार पद्धती र यसबाट जोगिने उपायका बारेमा विशेष प्रस्तुति दिएका थिए ।

यस्तै सुष्मा आचार्य र सम्झना दाहालले क्यान्सरसंग लड्दाका आफ्ना भोगाई सुनाएका थिए ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *