को बन्ला त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशक ? अन्तर्वार्ताका लागि चार जना छानिए

काठमाडौँ, १९ माघ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ हस्पिटल)को नयाँ कार्यकारी निर्देशक छनौटका लागि गठित समितिले चार जना चिकित्सकलाई प्रारम्भिक छनौट गर्दै अन्तर्वार्ताका लागि बोलाएको छ ।

त्यसरी अन्तरवार्तामा बोलाइएका चिकित्सकहरुमा प्राडा घनश्याम गुरुङ, सहप्राडा गोपाल सेडाईं, प्राडा नरमाया थापा र प्राडा सुवासप्रसाद आचार्य रहेका छन् । समितिले उनीहरुलाई आगामी २३ माघका दिन अन्तर्वार्ताका लागि बोलाएको छ ।

अन्तर्वार्तामा आउँदा प्रत्येकले विश्वविद्यालयको रणनीतिक योजना अनुरुप अस्पताल सञ्चालन सम्वन्धी व्यवस्थापन योजनाको १० मिनेटको पावर प्वाइन्ट प्रस्तुतिकरण समेत तयारी गरी ल्याउन भनिएको छ ।

उक्त दिन विहान १० बजे देखि सुरु हुने अन्तवार्ताका लागि हरेक उम्मेद्धारलाई आधा घण्टाको अन्तरमा समय तोकिएको छ ।
त्रिवि शिक्षण अस्पतालको कार्याकारी निर्देशक प्राडा दिनेश काफ्लेको अवधी केही समय अघि नै सकिए पनि नयाँ कार्यकारी निर्देशक छनौट प्रक्रिया अघि बढ्न सकेको थिएन ।

पछिल्लो समय त्रिविमा निमित्त निर्देशकको रुपमा प्राडा घनश्याम गुरुङले जिम्मेवारी सम्हाल्दै आएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

One thought on “को बन्ला त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशक ? अन्तर्वार्ताका लागि चार जना छानिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *