स्वास्थ्यका उच्च अधिकारीको जिम्वारी हेरफेर :

राष्ट्रिय ट्रमा सेन्टरको प्रमुख मेडिकल सुपरीटेन्डेन्ट बने डा. बद्री रिजाल, वीरको नर्सिङमा तुईतुई

1.7k
Shares

काठमाडौँ, २५ मंसिर । राष्ट्रिय ट्रमा सेन्टरको प्रमुख मेडिकल सुपरीटेन्डेन्टको जिम्मेवारी डा. बद्री रिजालले पाएका छन् । स्वास्थ्य मन्त्री प्रदीप पौडेलले सोमबार मन्त्रीस्तरीय निर्णय गर्दै सेन्टरको प्रमेसुको जिम्मेवारी डा. रिजाललाई दिएका हुन् ।

यसअघि त्यहाँ प्रमेसु रहेका डा. रुद्र मरासिनीलाई त्यहि नै विशेषज्ञ सेवामा खटिने गरी जिम्मेवारी तोकिएको मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख ऋषिराज आचार्यले बताए ।

डा. रिजाल यसअघि पनि ट्रमा सेन्टरको प्रमेसु बनिसकेका थिए ।

यस्तै मन्त्री पौडेलले टेकु अस्पतालमा अस्पताल नर्सिङ प्रशासक रोशनी लक्ष्मी तुईतुईलाई वीर अस्पताल नर्सिङ क्याम्पस प्रमुख बनाइएको छ।

यस्तै स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तरगर्त आपूर्ति शाखाका प्रमुख डा. सुरेन्द्र चौरासियाको पनि जिम्मेवारी हेरफेर भएको छ। उनी उपचारात्मक महाशाखा पठाइएका छन्। उनको उनको ठाउँमा मन्त्रालयबाट दयाकृष्ण पन्तलाई पठाइएको छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *