राष्ट्रिय चिकित्सक संघ लुम्बिनीको नेतृत्वमा आए डा. समीर आचार्य, निर्वाचित भयो २१ सदस्यीय नयाँ कार्य समिति

बुटवल, १६ मंसिर । राष्ट्रिय चिकित्सक संघ नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा डा समीर आचार्य निर्वाचित भएका छन् । शुक्रबार बुटवलमा सम्पन्न संघको तेस्रो अधिवेशनले डा. आचार्यको नेतृत्वमा पाँच सल्लाहकार सहित २१ सदस्यीय प्रादेशिक कमिटि निर्वाचित गरेको हो ।

अधिवेशनले संघको उपाध्यक्षमा डा. रमेश भट्टाराई र डा. पुष्पराज रिजाल निर्वाचित गरेको छ । यस्तै महासचिवमा डा. सम्राट पराजुली निर्वाचित भएका छन् ।
यसैगरी संघको कोषाध्यक्षमा डा. अमृता पाण्डे, उपसचिवमा डा. कृतिपाल सुवेदी निर्वाचित भएका छन् ।

अधिवेशनबाट डा युधिष्ठिरराज खड़का, डा.  खगेन्द्र आचार्य, डा. अरूण ज्ञवाली, डा. राजेन्द्र पौडेल, डा. बिनोद सिंह, डा. परिधि भट्टाराई र डा. कृष्णा खरेल  सदस्यमा निर्वाचित भएका छन्।

यसैगरी डा. सुबास शर्मा, डा. संगीता अधिकारी, डा. विशाल काफले र डा. जितेन्द्र कोइराला पनि सदस्यमा निर्वाचित भएका छन् ।

अधिवेशनले डा. गोकर्णराज पन्थीको संयोजकत्वमा पाँच सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । सो समितिमा डा. प्रायश्चित श्रेष्ठ, डा. सन्तोष पोखरेल, डा. किशोर बञ्जाडे चयन भएका छन् ।

सो अवसरमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम समेत सञ्चालन गरिएको थियो ।

कार्यक्रमको उद्घाटन गर्न नेकपा (एमाले)का उपाध्यक्ष समेत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल बुटवल पुगेका थिए । यस्तै कार्यक्रममा एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल, लुम्बिनीका स्वास्थ्य मन्त्री खेमबहादुर सारु लगायतको उपस्थिति थियो ।

अधिवेशन तथा प्रशिक्षणका लागि काठमाडौँबाट राष्ट्रिय चिकित्सक संघका केन्द्रीय अध्यक्ष डा जागेश्वर गौतम, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका अध्यक्ष डा झलक गौतम, डा कृष्ण अधिकारी लगायत बुटवल पुगेका थिए । उनीहरुले अधिवेशनमा भेला भएका लुम्बिनीका चिकित्सकहरुलाई प्रशिक्षण दिएका थिए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *