सेन्सेटिभिटी जाँच गरेर मात्रै बिरामीमा एन्टिबायोटिक प्रयोग गर्न पत्राचार

40
Shares

काठमाडौँ, २३ कात्तिक । गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेश अन्तर्गतका अस्पतालहरुमा एन्टिबायोटिक सेन्सेटिभिटी जाँच गरेर मात्रै बिरामीमा एन्टिबायोटिक प्रयोग गर्न पत्राचार गरेको छ। स्वास्थ्य आपूर्ति शृंखला व्यवस्थापन समितिको उक्त निर्णय गरहेको हो।

प्रदेश स्वास्थ्य प्रशासक डा रमेश कुमार केसीले कात्तिक १४ गते नै सवै अस्पतालमा पत्र पठाइसकिएको बताए।

उनका अनुसार प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्र, गण्डकी प्रदेशद्वारा गत वर्ष गरेको अनुसन्धानले पनि गण्डकी प्रदेशमा एएमआर को समस्या बढिरहेको देखाएको छ।

त्यसैका आधारमा २०८१ असोज १३ गते बसेको स्वास्थ्य आपूर्ति शृंखला व्यवस्थापन समितिको बैठकले अस्पतालहरुमा एन्टिबायोटिक सेन्सेटिभिटी जाँच गरेर प्रेस्क्राइब गर्न पत्राचार गर्ने निर्णय गरेको थियो।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *