पूर्व मुमाबडामहारानी रत्न राज्यलक्ष्मी शाह अस्पताल भर्ना

काठमाडौँ, १९ कार्तिक । पूर्व मुमाबडामहारानी रत्न राज्यलक्ष्मी शाह अस्पताल भर्ना भएकी छन्।
९७ वर्षीया शाहको स्वास्थ्यमा अचानक समस्या आएपछि आइतबार साँझ थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो ।
चिकित्सकहरूका अनुसार उनको छातीमा संक्रमण देखिए पनि अवस्था सामान्य रहेको छ।
रत्न पूर्वराजा महेन्द्र शाहकी पत्नी हुन्। राजा ज्ञानेन्द्रको नारायणहिटीबाट बहिर्गमनपछि पनि उनी त्यहाँस्थित महेन्द्र मञ्जिलमै बस्दै आएकी छन्।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



