पाकिस्तानमा पोलियो खोप टोलीको सुरक्षामा खटिएका प्रहरी अधिकारीको हत्या

8
Shares

पेशावर। आतङ्कवादीहरूले मङ्गलबार पोलियो खोप टोलीको सुरक्षामा खटिएका एक पाकिस्तानी प्रहरीको गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ। मुलुकको रोग विरुद्धको लामो अभियानमा भएको यो पछिल्लो क्षति हो।

‘दुई आतङ्कवादीले पोलियो खोप टोलीको सुरक्षामा खटिएका प्रहरीमाथि आक्रमण गर्दा प्रहरी अधिकारीको घटनास्थलमै मृत्यु भएको छ । त्यसपछि प्रहरी टोलीले दुई आक्रमणकारी र उनीहरूको स्थानीय सहजकर्तालाई पछ्याउँदै मारे’ खैबर पख्तुनख्वा प्रान्तको ओराकजाई शहरमा भएको आक्रमणबारे वरिष्ठ प्रहरी अधिकारी मलिक सिकन्दर खानले भने।

अर्का प्रहरी अधिकारी नवीद उल्लाह खानले पनि यी विवरणहरूको पुष्टि गरे। ‘आक्रमणको समयमा दुई स्वास्थ्यकर्मी घरभित्र थिए र त्यसैले उनीहरू सुरक्षित रहे’, उनले भने।

ओराकजाई शहर पूर्व आदिवासी सीमावर्ती क्षेत्रको एक भाग हो। यो करिब एक दशकअघि तालिबान आतङ्कवादीहरूको शरणस्थल थियो र तालिबानलाई पछि सैन्य अभियानले जरैदेखि उखेलेको थियो।

पाकिस्तान र छिमेकी अफगानिस्तान मात्र त्यस्ता मुलुक हुन् जहाँ पोलियोको प्रकोप कायम छ र खोप टोलीहरूमाथि सुरक्षा बलहरू विरुद्ध अभियान चलाइरहेका आतङ्कवादीहरूले प्रायः आक्रमण गर्ने गर्छन्।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *