उपराष्ट्रपति यादव त्रिवि शिक्षण अस्पताल भर्ना

60
Shares

काठमाडौँ, ७ कात्तिक । उपराष्ट्रपति रामसहाय प्रसाद यादव महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन्। हर्नियाको शल्यक्रियाको लागि उपराष्टपति यादवलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको हो ।

यादवका निजी चिकित्सक डा शिवजी विक्रम सिलवालका अनुसार उपराष्ट्रपति यादवले आफ्नो शल्यक्रियाको लागि सरकारी अस्पताल रोजेका थिए । सरकारी अस्पताल नै रोजेपछि आवश्यक परामर्श गरेर त्रिवि शिक्षण अस्पताल ल्याईएको डा. सिलवालले बताए।

उनका अनुसार यादवको शल्यक्रिया प्राडा रमेशसिंह भण्डारी (युनिट चिफ एण्ड लिभर टान्सप्लान्ट सर्जन) र डा सुमिता प्रधानको टिमले गर्ने बताईएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *