डा. रमेश कँडेल बने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त डीन

काठमाडौँ, १८ असोज । यसैपटक देखि एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने तयारीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले निमित्त डीनको जिम्मेवारी डा. रमेश कँडेललाई दिएको छ ।
प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले अर्को व्यवस्था नभएसम्मका लागि भन्दै डा. कँडेललाई सो जिम्मेवारी दिएका हुन् ।
उनलाई दिइएको पत्रमा आज शुक्रबार देखि लागू हुने गरी निमित्त डिनको जिम्मेवारी प्रदान गरिएको उल्लेख छ ।
मेडिसिन विभागका प्रमुखका रुपमा कार्यरत डा कँडेल ज्येष्ठ नागरिक रोग विशेषज्ञ (जेरियाट्रिसियन) हुन्।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



