त्रिवि आईओएम डीन पदका लागि आवेदन दिएका १३ मध्ये यी पाँच जना परे अल्पसूचीमा

844
Shares

काठमाडौँ, १२ असोज । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) को डीन नियुक्तीका लागि नाम सिफारिस गर्न गठित समितिले १३ जना आवेदक मध्ये पाँच जनालाई अल्पसूची (सर्टलिष्ट)मा राखेको छ ।

समितिले वर्णानुक्रममा प्राडा अभिमन्यू झा, प्राडा उत्तमकुष्ण श्रेष्ठ, प्राडा दिव्या सिंह शाह, प्राडा मोहनराज शर्मा र प्राडा सुधा बस्नेतलाई अल्पसूचीमा राखेको हो । उनीहरुलाई आइतबार विहान ८ बजे प्रस्तुति र अन्तर्वार्ताका लागि बोलाइएको छ ।

समितिले अल्पसूचीमा परेकाबाट तीन जनाको नाम छनोट गरी त्रिवि कार्यकारी परिषद्मा सिफारिस गरिनेछ। कार्यकारी परिषदले तीन जनामध्ये एक जनालाई डीनमा नियुक्त गर्ने छ।

त्रिवि आईओएममा डीन रहेकी प्राडा दिव्यासिंह शाहको ४ वर्षे कार्यकाल ३ असारमा सकिएको थियो । तर उनलाई अर्को डीन नियुक्ती भएर नआउँदासम्म जिम्मेवारीमा रहेर काम गर्न भनिएको छ ।

यसअघि डीनका लागि १३ जनाले आवेदन दिएका थिए। जसमा लिस्टमा परेका पाँच जनासहित प्राडा रमेशसिंह भण्डारी, प्राडा निरजु रञ्जित, प्राडा दिनेश काफ्ले, प्राडा रामचन्द्र अधिकारी, प्राडा मिता राणा, सह प्राडा ज्योतिबाबा श्रेष्ठ, प्राडा संघरत्न बज्राचार्य, प्राडा रत्नमणि गजुरेल थिए।

त्रिवि कार्यकारी परिषद्ले डीन नियुक्तीका लागि नम सिफारिस गर्न ३२ साउनमा प्राडा कृष्णकुमार ओलीको संयोजकत्वमा तीन सदस्यीय छनौट समिति गठन गरेको थियो । उक्त समितिमा प्राडा सुवासप्रसाद आचार्य र प्राडा योगेन्द्रमान शाक्य सदस्य रहेका छन् ।

समितिले गत १८ भदौमा सात दिनको अवधी तोकेर डीन पदका लागि इच्छुकहरुलाई आवेदन भर्न सूचना जारी गरेको थियो तर सो अवधी पुन: थपिएको थियो ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *