पाकिस्तानमा पोलियोबाट बालिकाको मृत्यु

64
Shares

काठमाडौँ, १३ भदौ । पाकिस्तानमा पोलियोका कारण एक बालिकाको मृत्यु भएको छ । विश्वका धेरै मुलुकबाट उन्मूलन भइसकेको पोलियो पाकिस्तान, अफगानिस्तान, नाइजेरियाजस्ता देशमा अझै पाइन्छ ।

पाकिस्तानको बलोचिस्तान प्रान्तस्थित खारा जिल्लामा पोलियोका कारण २३ महिने बालिकाको मृत्यु भएको  हो ।

पछिल्लो समय बलोचिस्तानका ८ जिल्लामा पोलियो भाइरसको प्रकोप देखिएको छ । डनका अनुसार हालसम्म बलोचिस्तानमा १२ जनामा पोलियो देखिएको छ ।

पाकिस्तानको राष्ट्रिय स्वास्थ्य प्रतिष्ठानले बालिकालाई उच्चज्वरो, पक्षघातजस्ता लक्षण देखिएको जनाएको छ । लक्षण देखिएपछि बालिकालाई केही दिनसम्म घरमै उपचार गरिएको र पछिमात्रै प्रान्तीय राजधानी क्वेटाको अस्पताल पु¥याइएको थियो । मृत्यु भएको भोलिपल्टमात्रै उनमा पोलियो रोग पुष्टिभएको जनाइएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *