पुरानो मेडिकल कलेजको तेस्रो तलाबाट हामफालेका बृद्ध बिरामीको मृत्यु

208
Shares

चितवन, ३ साउन । भरतपुरमा रहेको कलेज अफ मेडिकल साइन्सेस् टिचिङ हस्पिटल (पुरानो मेडिकल कलेज अस्पताल) को तेस्रो तलाबाट हाम फालेका एक वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नवलपुरको हुप्सेकोट गाउँपालिका–२ घर भएका ७६ वर्षीय बलबहादुर खाम्चा मगर रहेका छन् ।

मगरले आज (बिहिबार) बिहान करीव १०:४० बजे अस्पतालको ए ब्लकको तेस्रो तलाको झ्यालबाट हाम फालेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

पित्त थैलीको क्यान्सरबाट पिडीत उनी हिजो मात्रै सो अस्पतालमा आई भर्ना भएर उपचार गराई रहेका थिए ।

प्रहरीका अनुसार अस्पताल भवनबाट हाम फालेर गम्भीर घाइते भएका मगरको सोही अस्पतालमा उपचारका क्रममा आज विहान ११:३० बजे मृत्यु भएको हो ।

घटनापछि प्रहरीले थप अनुसन्धान सुरु गरेको जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *