स्वास्थ्य मन्त्री प्रदीप यादवले दिए राजिनामा

काठमाडौँ, २१ बैशाख । स्वास्थ्य मन्त्री प्रदीप यादवले पदबाट राजिनामा दिएका छन् । मन्त्री यादवको पार्टी जनता समाजवादी पार्टीले सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन समेत फिर्ता लिने निर्णय गरेपछि यादवले पदबाट राजिनामा दिएका हुन् ।
उनले राजिनामा पत्रमा नेपालको संविधानको धारा ७७ को उपधारा २ (क) बमोजिम पदबाट राजिनामा दिएको उल्लेख गरेका छन् ।

उनी गत ३१ बैशाखमा स्वास्थ्य मन्त्री नियुक्त भएका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



