वीर अस्पतालका डा. सञ्जय ठाकुरलाई मधेश प्रदेशको स्वास्थ्य सचिवको जिम्मेवारी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पनि प्रशासन सचिव फेरिए
1.4k
Shares

काठमाडौँ, २ असार । सरकारले मधेश प्रदेशको स्वास्थ्य सचिवको जिम्मेवारी डा सञ्जय ठाकुरलाई दिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा गत २४ जेठमा बसेको मन्त्रिपरिषद्को बैठकले ३२ जना सहसचिवको सरुवा गर्दा डा ठाकुरलाई कामकाजमा मधेश प्रदेशको स्वास्थ्य मन्त्रालयको सचिवमा पठाउने निर्णय गरेको हो ।

एघारौँ तहका डा ठाकुर पछिल्लो समय वीर अस्पतालमा कार्यरत थिए ।

‘औपचारिक पत्र पाइसकेको छैन्, तर नयाँ जिम्मेवारी पाएको भन्ने अनौपचारिक जानकारी पाएको छु । अब सोमबार विदा छ मंगलबार थप जानकारी आउला कि ?’ नेपाली हेल्थसंग डा ठाकुरले भने ।

यस्तै केही समय अघि मात्रै वीरबाट स्वास्थ्य मन्त्रालयमा सरुवा भएर आएका सहसचिव मदन कोइराला पनि बाहिरिएका छन् ।

२४ जेठकै मन्त्रिपरिषद्को बैठकले ३२ जना सहसचिवको सरुवा गर्दा कोइरालालाई भुमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा भएको छ ।

मन्त्रिपरिषदले स्वास्थ्यमा नयाँ सहसचिवको रुपमा गृह मन्त्रालयका ऋषिराज आचार्यलाई पठाउने निर्णय गरेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *