वीर, टिचिङ, पाटन अस्पतालको सेवा प्रवाहबारे संसदीय समितिले अनुगमन गर्ने

स्वास्थ्य मन्त्रालयको ओ एण्ड एम सर्भे अगाडी बढाउन अर्थलाई निर्देशन
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादव सोमबार प्रतिनिधिसभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा सांसदको प्रश्नको जवाफ दिँदै। तस्बिर : प्रदीपराज वन्त

काठमाडौँ, २८ जेठ । देशका ठूला संघीय अस्पतालहरुमा बिरामीको चाप बढी रहँदा सेवा प्रवाहको अवस्था भने अझै पनि सन्तोषजनक हुन सकेको छैन । आम सर्वसाधारणले ठूला सरकारी अस्पतालबाट समयमै सहज रुपमा गुणस्तरीय उपचार सेवा पाउन नसकेको गुनासो गर्दै आएका छन् ।

संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधिको समितिले यहि गुनासोलाई सम्वोधन गर्न अब ठूला अस्पतालको अनुगमन गर्ने भएको छ । आज सिंहदरबारमा बसेको समितिको बैठकले काठमाडौँ उपत्यकाका वीर अस्पताल, पाटन अस्पताल र त्रिवि शिक्षण अस्पतालको अवस्था र सेवा प्रवाहको अनुगमन गर्ने निर्णय गरेको हो ।

यस्तै समितिले वीर अस्पतालमा रहेका आईसीयू, सीसीयू, भेन्टिलेटर, कार्डियाक युनिट, जेरियाट्रिक युनिट र लिभर युनिटमा जनशक्ति व्यवस्थापन गरी सूचारु हुने व्यवस्था गर्न साथै देशका संघीय अस्पतालमा रहेका आईसीयू सीसीयूको अवस्था अध्ययन गरी आवश्यक सुधार गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ ।

आजको बैठकमा स्वास्थ्य मन्त्री प्रदीप यादवको नेतृत्वमा मन्त्रालयका अधिकारीहरुको समेत उपस्थिति थियो । मन्त्री यादवले स्वास्थ्य मन्त्रालयको अवस्था, कार्यप्रगती र चुनौतिका बारेमा प्रस्तुति दिएका थिए । समितिका सभापति अमरबहादुर थापाले स्वास्थ्य क्षेत्रको सुधार एवं सेवा प्रभावकारिता र गुणस्तर सुधारका लागि मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको बताए ।

यसैगरी उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ओ एण्ड एम सर्भे अगाडी बढाउन अर्थ मन्त्रालयलाई अनुरोध गर्ने निर्णय भएको समेत जानकारी दिए ।

बैठकले बयलपाटा अस्पताल अछामको सञ्चालन सुदूर पश्चिम प्रदेश सरकार र न्याय हेल्प नेपालको लागत साझेदारीमा सञ्चालन भएको चालु आवमा प्रदेश सरकारबाट बजेट विनियोजन नभएकोले सञ्चालन व्यवस्थापनमा कठिनाई भएको हुँदा यस आवमा विशेष अनुदानको व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलार्य निर्देशन दिने निर्णय भएको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *