अमेरिका नेपाल मेडिकल फाउन्डेसनमा बन्यो नयाँ कार्यसमिति, अध्यक्षमा डा. विष्णु सापकोटा

काठमाडौँ, २८ जेठ । अमेरिका नेपाल मेडिकल फाउन्डेसन (एएनएमएफ) को अध्यक्षमा डा. विष्णु सापकोटा निर्वाचित भएका छन्। अमेरिकाको सिकागोमा भएको एएनएमएफको २८औं वार्षिक सम्मेलन तथा साधारण सभाले डा. सापकोटालाई अध्यक्षमा निर्वाचित गरेको हो। उनी यसअघि सो संस्थामा उपाध्यक्ष थिए ।

अंग्रेजी क्यालेन्डर अनुसार गत जुन ७ देखि ९ तारिखसम्म भएको बार्षिक सम्मेलनले डा सापकोटाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । सो अनुसार एएनएमएफको उपाध्यक्षमा नारायण न्यौपाने, सचिवमा नविन कैनी, सहसचिव बिकाश भट्टराई र कोषाध्यक्षमा कल्पना श्रेष्ठ निर्वाचित भएका छन् । एएनएमएफका निवर्तमान अध्यक्ष विनोद खडका हुन्।

सम्मेलनबाट एएनएमएफको बोर्ड सदस्यमा भुपेश खड्का, डिल्ली भुर्तेल, मार्भिन ब्रुस्टिन, राजु बहादुर सेन्चुरी, गणेश चौधरी, विनोद ढुंगाना, उपेन्द्र काफ्ले, सरोज कँडेल, जीवन लामिछाने, श्रद्धा मानन्धर, सन्देश पंडित, सुमनराज रेग्मी, वीरेन्द्र साह, सन्तोष सापकोटा, रचना तिवारी, स्वीकृति उपाध्याय वास्कोटा, राजेश पाण्डे र विवेक वाग्ले रहेका छन्।

सम्मेलनमा अमेरिकामा रहेका करीब ३०० चिकित्सक तथा स्वास्थ्यसँग सम्बन्धित व्यक्तिहरु सहभागी थिए ।

यसैगरी सम्मेलनमा नेपालबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा मंगल रावल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेत, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेल, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा चोपलाल भुसाल, नेपाल चिकित्सक संघका अध्यक्ष डा अनिल कार्की, स्वास्थ्य अनुसन्धान परिषदका सदस्य सचिव डा प्रमोद जोशी, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका सह प्राध्यापक डा अरुण शाही लगायत सहभागी भएका थिए ।

सोही अवसरमा एएनएमएफको २९ औं सम्मेलन हुने नयाँ मिति र स्थान सार्वजनिक गरिएको छ । सो सम्मेलन अमेरिकाको वासिङटन डिसीमा सन् २०२५ को मे १६ देखि १८ तारिखसम्म हुनेछ।

सन् १९९७ बाट सुरुवात भएको अमेरिका नेपाल मेडिकल फाउन्डेसनले स्थापनाकाल देखिनै नेपालको बृहत्तर स्वास्थ्य क्षेत्रको विकासका लागि काम गर्दै आइरहेको छ। शिक्षा, तालिम र अनुसन्धानको प्रवर्द्धनका लागि पूर्वाधार निर्माण देखि चिकित्सा क्षमता अभिवृद्धि सम्मका विभिन्न गतिविधि सञ्चालन गरी नेपालको स्वास्थ्य सेवालाई अघि बढाउन सक्रिय रूपमा सहभागी हुँदै आइरहेको छ।

सन् १९९७ मा नर्थ अमेरिकामा रहेका नेपाली डाक्टर र नेपाललाई माया गर्ने समाजसेवीहरुको पहलमा यो संस्था स्थापना भएको हो। न्यूयोर्कमा दर्ता भएको यो संस्था सन् २००० मा अमेरिका नेपाल चिकित्सक प्रतिष्ठान एएनएमएफ नेपालमा पनि स्थापना भएको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *