बीएण्डसी मेडिकल कलेजलाई सम्वन्धन दिन केयुले पठायो चिकित्सा शिक्षा आयोगलाई पत्र

काठमाडौँ, २८ जेठ । काठमाडौं विश्वविद्यालय (केयू)ले बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन चिकित्सा शिक्षा आयोगलाई पत्राचार गरेको छ।

बीएण्डसीका सञ्चालक दुर्गा प्रसाईँले सम्वन्धन पाउँ भन्दै दायर रिटमा सर्वोच्च अदालतले गत १२ चैतमा काठमाडौं विश्वविद्याल र चिकित्सा शिक्षा आयोगका नाममा परमाादेश जारी गरेको थियो । सर्बोच्चले सो आदेशको पूर्ण पाठ गत बिहीबार मात्रै सार्वजनिक गरेको थियो ।

आदेशलगत्तै काठमाडौं विश्व विद्यालयले आइतबार कार्यकारी समितिको बैठकमार्फत चिकित्सा शिक्षा आयोगलाई सिफारिससहितको पत्र पठाएको हो।

काठमाडौँ विश्व विद्यालय, मेडिकल साइन्स विभागका डीन डा. मनोज हुमागाईंले सर्वोच्चले १५ दिनभित्र सम्बन्धन दिनु भनेर परमादेश दिएअनुसार आफूहरूले आयोगलाई पत्राचार गरेको जानकारी दिए।

‘हामीले आज आयोगलाई यस सम्वन्धी पत्र पठाएका छौँ । सो को जानकारी सर्बोच्चलाई पनि पठाएका छौँ,’ डा. डीन हुमागाईँले भने ।

सर्बोच्चले जारी गरेको परमादेशमा १५ दिन भित्र सम्वन्धन दिई यसै बर्ष भित्रबाट एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाउन भनिएको छ ।

सर्बोच्चको आदेश अनुसार सम्वन्धन प्रक्रिया अघि बढ्यो अब आयोगले यसबारेमा आफ्नो तर्फबाट कार्य गर्ला । डीन डा हुमागाईँले भने ।

मेडिकल कलेज सञ्चालनका लागि सबै पूर्वाधार तयार गर्दा पनि सम्बन्धन नपाएको भन्दै बीएन्डसीका सञ्चालक दुर्गा प्रसाईंले शिक्षा मन्त्रालय, काठमाडौं विश्वविद्यालय, चिकित्सा शिक्षा आयोगलगायत सरकारी निकायलाई विपक्षी बनाई सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए।

बीएन्डसीले २०६४ सालमा शिक्षा मन्त्रालयबाट आशयपत्र लिई पूर्वाधार निर्माणलगायत मेडिकल कलेज सञ्चालनको पूर्वतयारीको काम गर्दै आएको थियो। ऐनको त्यही व्यवस्थाअनुसार सम्बन्धन पाउन बीएन्डसीले २०७६ सालमा आयोगमा निवेदन दिएको थियो। तर त्यतिबेला आयोगले आशयपत्र नवीकरण नभएको कारण देखाउँदै सम्बन्धन स्वीकृति दिन अस्वीकार गरेको थियो।

०७६/०७७ मा गरेको सम्बन्धन प्राप्तिको प्रयास सफल हुन नसकेपछि बीएन्डसीका सञ्चालक प्रसाईं ३ वटा रिट लिएर ०७७ अन्तिममा सर्वोच्च गएका थिए। सर्वोच्चले रिटको सुनाइमा अग्राधिकार दिँदै आदेश गरेको हो।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *