न्युट्रास्यूटिकल प्रयोग गर्न मिल्ने कि नमिल्ने ? एनएमए र एनपीएको फरक धारणा

काठमाडौँ, २७ जेठ । चिकित्सकहरुले बिरामीका लागि खाद्य पुरक आहार सामग्री (न्युट्रास्यूटिकल प्रडक्ट) प्रेस्काइव गर्न मिल्ने कि नमिल्ने भन्नेमा स्वयं चिकित्सकहरु नै विभाजित छन् । बिरामीका लागि प्रेस्काइव हुनेयस्ता सामग्रीहरु फार्मेसीमा राख्न पाइने कि नपाईने भन्नेमा पनि चर्को बहस भइरहेको छ ।
औषधि व्यवस्था विभागले त स्पष्ट रुपमा फार्मेसीमा यस्ता सामग्री राख्न नपाइने भन्दै आएको छ । तर चिकित्सकहरुले औषधिको पर्चामा न्युट्रास्यिूटिकल प्रडक्ट समेत लेखिदिने गरेपछि फार्मेसीहरुले लुकाएरै भए पनि बेच्ने गरेका छन् ।
यता चिकित्सकहरुको पेशागत संस्था भनिएको नेपाल चिकित्सक संघ (एनएमए) ले पनि प्रेस्काइब गर्न मिल्ने भन्दै आएको छ । संघका महासचिव डा सञ्जीव तिवारीले बिरामीको रोग पत्ता लागेपछि रोगको प्रकृति र बिरामीको अवस्था अनुसार नेपाल सरकारको विभिन्न निकायमा दर्ता भएका सामग्री  सिफारिस गर्न चिकित्सकहरु स्वतन्त्र रहेको बताउँछन् ।
पछिल्लो समय न्युट्रास्यूटिकल्सको सिफारिस बढेको भन्दै औषधि व्यवस्था विभागले सरकारी अस्पतालहरुलाई पत्राचार नै गरेपछि कतिपय अस्पतालहरुले यस्ता सामग्री प्रेस्काइब गर्न समेत नपाइने सूचना समेत जारी गरेका थिए ।
तर चिकित्सक संघले के कस्ता औषधि सिफारिस गर्ने वा नगर्ने भन्ने कुरा नियमन गर्ने आधिकारिक निकाय नेपाल मेडिकल काउन्सिल भएको भन्दै विभागको परिपत्रको औचित्य माथि नै प्रश्न उठाएको छ । गत २३ जेठमा संघका महासचिव डा. तिवारीले जारी गरेको प्रेस विज्ञप्तीमा सोही कुरा उल्लेख छ ।
तर, संघको धारणा आएको दुई दिन पछि त्यसलाई काउन्टर दिने गरी फार्मासिस्टहरुको संस्था नेपाल फर्मास्यूटिकल्स एसोसिएसन (एनपीए)ले आफ्नो धारणा सार्वजनिक गरेको छ ।  उसले भनेको छ ‘खाद्यको रुपमा दर्ता गरी औषधि जस्तो प्रस्तुत गरिने न्युट्रास्यूटिकल स्वास्थ्य सुधारमा औषधि भनि प्रयोग गर्न अनुपयुक्त रहेको छ ।’
चिकित्सक संघको विज्ञप्ती आएको दुई दिन पछि अर्थात २५ जेठमा आफ्नो धारणा विज्ञप्ती मार्फत सार्वजनिक गरेको एनपीएले केही कारण समेत उल्लेख गर्दै यो औषधि भनि प्रयोग गर्न अनुपयुक्त रहेको बताएको छ ।
एनपीएका अध्यक्ष ललितमोहन पन्त र महासचिव सञ्जीव कट्टेलले हस्ताक्षर गरेको विज्ञप्तीमा औषधि होइन है भन्दै केही बुँदागत रुपमा कारण उल्लेख गरिएको छ ।
स्वास्थ्य क्षेत्रका दुई आधिकारिक संस्थाले बिरामीका लागि प्रयोग हुने बस्तुका विषयमा फरक फरक धारणा सार्वजनिक हुँदा आम उपभोक्ता तथा बिरामीहरु भने थप अन्योलमा परेका छन् ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

One thought on “न्युट्रास्यूटिकल प्रयोग गर्न मिल्ने कि नमिल्ने ? एनएमए र एनपीएको फरक धारणा

  1. Dr.is best judge for his patients treatment and prevention of his disease, They are fully authorized to prescribe all those things by which their patient can be cured or prevented from any diseases. Therefore any one are not eligible to instruct to Dr.what to prescribe and what not.They are educated enough on this matter. Here ,cold war is going on between two. Government department for it’s regulations and management. DDA want to regulate it but right now it is being regulated by DFTQC. DDA is continuesly trying to take it under his own regulations but due to medicine act they are unable to do so.Therefore they are doing all activities to disturb its market and proving it is bad for patients. Otherwise they are knowing very well about it that it is important for patients in prevention of their diseases and also helping in treatment.
    Health , Agreeculter and Finance ministeries need to work on that to regulate it in better way so that it could place at right position in market with adequate price.
    Otherwise controversies will be continue without any solutions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *