अमेरिकामा बढ्दो गर्मीका कारण ११ जना अस्पताल भर्ना

वासिङ्टन डीसी, २५ जेठ । एरिजोना राज्यको फिनिक्स शहरमा बढ्दो गर्मीका कारण पूर्व–राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यक्रमका लागि प्रतिक्षा गरिरहेका लगभग एक दर्जन मानिसहरू अस्पतालमा भर्ना भएका छन् ।
फिनिक्स फायर विभागले उत्तरी फिनिक्सको ड्रीम सिटी चर्चमा आयोजना गरिएको कार्यक्रममा सहभागी ११ जनालाई अस्पतालमा लगेको द हिलले जनाएको छ ।
फिनिक्स राष्ट्रिय मौसम विभागका अनुसार यस वर्ष पहिलो पटक बिहीबार तापक्रम ११० डिग्री फरेनहाइट पुगेको बताएको हो ।
अनलाइनमा प्रसारण गरिएको भिडियो र फोटोहरूले चरम गर्मीका कारण धेरै मानिसहरू बेहोस भएको र चिकित्सा सहायताको आवश्यकता परेको देखाइएको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



