विश्व स्वास्थ्य सभामा भाग लिन स्वास्थ्य मन्त्री यादव जेनेभा जाँदै

240
Shares

काठमाडौँ, १४ जेठ । स्वास्थ्य मन्त्री प्रदीप यादव विश्व स्वास्थ्य संगठनको ७७ औँ सभामा सहभागी हुन मंगलबार विहानै स्विट्जरल्याण्डको जेनेभा तर्फ जाने भएका छन् । सर्बोच्च अदालतमा दायर रिटको आज सुनुवाई नभएपछि उनी त्यसतर्फ जान लागेका हुन् ।

मन्त्री यादवका निजी सचिव भक्तराज जोशीले मंगलबार विहान २१५ बजे कतार एयरको उडानबाट दोहा हुँदै उनी जेनेभा जान लागेको बताए ।

यसअघि उनी शनिबार विहानै त्यसतर्फ जाने तालिका थियो । तर विशेष काम परेको भन्दै उनले त्यसदिनको भ्रमण कार्यक्रम स्थगित गरेका थिए । उनी नजाने भएपछि शनिबार विहान २१५ बजे स्वास्थ्य सेवा विभागका महानिर्देशक डा संगिता मिश्रा, स्वास्थ्य मन्त्रालय समन्वय महाशाखा प्रमुख डा चुमनलाल दास र स्वास्थ्य मन्त्री यादवका विज्ञ सल्लाहकार अवधेशकुमार दास त्यसतर्फ गई सकेका छन् ।
जोशीले मन्त्री मंगलबार विहान एक्लै त्यसतर्फ जान लागेको बताए ।

विश्व स्वास्थ्य सभा भने आजबाट जेनेभामा सुरु भइसकेको छ । सो सभामा मन्त्री यादवले आजै सम्वोधन गर्ने कार्यक्रम थियो । सभा १ जुनसम्म चल्नेछ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *