गण्डकी प्रदेशले क्यान्सरका बिरामीको उपचारमा एक लाख रुपैयाँ आर्थिक सहायत प्रदान गर्ने

काठमाडौँको वीर सहित चार वटा अस्पतालसंग भयो सम्झौँता

काठमाडौँ, ११ जेठ । गण्डकी प्रदेश क्यान्सरका बिरामीले अब वीर अस्पतालमा उपचार गराउँदा थप एक लाख रुपैयाँ उपचार सहयोग पाउने भएका छन् ।

क्यान्सरका बिरामीहरूका लागि आर्थिक सहायता प्रदान गर्ने गरी बिहिबार गण्डकी प्रदेश सरकार, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल काठमाडौँबीच सम्झौता भएको छ ।

सम्झौता पत्रमा प्रदेश सरकारका तर्फबाट सचिव डा. विनोद विन्दु शर्मा र वीर अस्पतालका तर्फबाट निर्देशक डा. सन्तोष पौडेलले हस्ताक्षर गरेका छन् ।

सचिव शर्माले यो सम्झौँता पछि अब क्यान्सरका बिरामीहरुले उपचारका लागि संघीय सरकारले उपलव्ध गराउने एक लाख पछि आफ्ना नागरिकलाई गण्डकी प्रदेश सरकारले थप एक लाख रुपैयाँ आर्थिक सहायता प्रदान हुने बताए ।

सो उपचार रकम नगर बिरामीले पाउने भने होइन । संघीय सरकारको सहायता रकम जस्तै गरी अस्पतालले उपचार तथा परीक्षण गरेवापत प्रदेशबाट सोधभर्ना पाउने छ ।

यसअघि क्यान्सरका बिरामीको उपचारमा १ लाख रुपैयाँ आर्थिक सहयोग उपलव्ध गराउन गण्डकी प्रदेशले भरतपुर क्यान्सर अस्पताल, भरतपुर, चितवन, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ललितपुर र भक्तपुर क्यान्सर अस्पताल, भक्तपुरसंग सम्झौँता गरिसकेको छ ।

क्यान्सरका बिरामीको उपचारमा गण्डकी अरु प्रदेशले पनि छुट्टा छुट्टै सहयोग रकम उपलव्ध गराएको छ । बागमती प्रदेशले आफ्ना नागरिकलाई आफूसंग सूचीकृत भएका अस्पतालमा क्यान्सरको उपचार गराउँदा ५० हजार रुपैयाँ र लुम्बिनी प्रदेशले आफ्ना नागरिकलाई सूचीकृत अस्पतालमा २ लाख रुपैयाँ उपलव्ध गराउँदै आएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

One thought on “गण्डकी प्रदेशले क्यान्सरका बिरामीको उपचारमा एक लाख रुपैयाँ आर्थिक सहायत प्रदान गर्ने

  1. सुदुरपस्चिममा नि लागू हुनु पर्यो वास्तविक समस्या छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *