नेपाल बाल दन्त चिकित्सक संघमा नयाँ कार्यसमिति, अध्यक्षमा प्राडा पराजीता दीक्षित

620
Shares

काठमाडौँ, ८ जेठ । नेपाल बाल दन्त चिकित्सक संघको अध्यक्षमा प्राडा पराजीता दीक्षित निर्वाचित भएकी छन् । संघको गत शुक्रबार सम्पन्न पाँचौँ राष्ट्रिय सम्मेलनबाट प्राडा दीक्षितको नेतृत्वमा नौ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा प्राडा सुमिता उपाध्याय, महासचिवमा डा मेघा प्रधान, सहसचिवमा डा संस्कृति खनाल र कोषाध्यक्षमा डा मनिषा मल्ल निर्वाचित भएका हुन् । यस्तै सदस्यहरुमा डा रस्ना श्रेष्ठ, डा अमिता राई, डा गजेन्द्र बिराजी र डा नम्रता ज्ञवाली रहेका छन् ।

नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको रहने बताइएको छ ।

नव निर्वाचित अध्यक्ष प्राडा दीक्षितले बाल दन्त सेवाका बारेमा राज्यले विशेष ध्यान दिनु पर्ने बताईन् ।

‘बाल दन्त सेवा अहिलेको अत्यावश्यक सेवा हो तर राज्यले आफ्ना कुनै पनि अस्पतालमा यसको स्थायी दरबन्दी राखेको छैन । केन्द्रीय बाल अस्पताल कान्तिमा समेत यसको दरबन्दी छैन । हामीले बाल बालिकाको उपचार हुने संघीय अस्पताल, प्रादेशिक अस्पतालमा कम्तिमा बाल दन्त चिकित्सकको दरबन्दी हुनुपर्छ भनेका छौँ,’ उनले भनिन् ।

त्यसअघि संघले बिहिबार कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर बसुन्धारामा संघको पाचौँ राष्ट्रिय सम्मेलन तथा तेस्रो पीजी कन्भेन्सनको आयोजना गरिएको थियो ।

कार्यक्रममा डा इभान मानन्धरले प्रस्तुति दिएका थिए ।

यस्तै मुख्य वक्ताको रुपमा भारतबाट सहभागी प्राडा ऋचा खन्ना सहित प्राडा रिंकी न्याच्छों, डा सन्ध्या जोशी, डा स्मृति माथेमा, प्राडा सेन्छेमा लिम्बु, प्राडा पराजीता दीक्षित, डा अमिता राईले प्रस्तुति दिएका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *