राष्ट्रिय ट्रमा सेन्टरको निमित्त मेसु बने डा. प्रमोद यादव

काठमाडौँ, ६ बैशाख । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले राष्ट्रिय ट्रमा सेन्टरको मेडिकल सुपरीटेन्डेन्ट परिवर्तन गरेका छन् ।

बिहिबार मन्त्रीस्तरीय निर्णय गर्दै उनले डा प्रमोदकुमार यादवलाई निमित्त मेसुको जिम्मेवारी दिएका हुन् ।

डा यादव दशौँ तहका हुन् । राष्ट्रिय ट्रमा सेन्टरको मेसु पद एघारौँ तहको हो । यसअघि त्यहाँ एघारौँ तहका डा बद्री रिजाल मेसु थिए । उनलाई ट्रमा सेन्टरमा साविक बमोजिमको पदमा रहेर काम काज गर्ने गरी जानकारी गराइएको स्वास्थ्य मन्त्रालयको सूचनामा उल्लेख छ ।

यसै साता मात्रै मन्त्री यावलले आयुर्वेद अस्पताल नरदेवीमा पनि दशौँ तहका रामदेव यादवलाई निमित्त निर्देशक बनाएका थिए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *