स्वास्थ्य कार्यालय ललितपुरको प्रमुख बने डा. भुवन पौडेल

काठमाडौँ, १८ फागुन । स्वास्थ्य कार्यालय ललितपुरको प्रमुखको जिम्मेवारी डा. भुवन पौडेलले पाएका छन् । गत १६ फागुनमा बागमती प्रदेशको प्रमुख सचिवस्तरीय निर्णयबाट डा. पौडेललाई स्वास्थ्य कार्यालय ललितपुर प्रमुखको जिम्मेवारी तोकिएको हो ।

डा. पौडेल स्वास्थ्य सेवा तर्फका १० औँ तहका कर्मचारी हुन् । स्वास्थ्य कार्यालय ललितपुरको प्रमुख पनि १० औँ तहको हुने व्यवस्था छ ।

डा. पौडेल स्वास्थ्य कार्यालय काठमाडौँमा कार्यरत थिए । उनी ११ औँ तहका डा. अर्जुन सापकोटा नआउँदासम्म केही समय निमित्त प्रमुख भएर स्वास्थ्य कार्यालय काठमाडौँको जिम्मेवारी समेत सम्हालेका थिए ।

डा. पौडेलले सरुवाको पत्र आज पाएको भन्दै अब आइतबारबाट स्वास्थ्य कार्यालय ललितपुरको जिम्मेवारी सम्हाल्ने बताए ।

झण्डै ४ महिना देखि स्वास्थ्य कार्यालय ललितपुर निमित्तको भरमा चलेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

One thought on “स्वास्थ्य कार्यालय ललितपुरको प्रमुख बने डा. भुवन पौडेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *