पाल्पाको पूर्वखोलामा निशुल्क आँखा शिविर : ६३५ जनाको परीक्षण गर्दा ४४ जनामा मोतियाविन्दु

पाल्पा, १५ फागुन । पूर्वखोला गाउँपालिकामा बृहत निशुल्क आँखा शिविर सञ्चालन भइरहेको छ ।

पूर्वखोला गाउँपालिकाको आयोजना तथा नेपाल नेत्र ज्योति संघ पाल्पा लायन्स लाकौल आँखा अस्पताल तानसेनको प्राविधिक सहयोगमा गत ११ फागुन देखि सुरु भएको शिविर अहिलेसम्म तीन वटा वडामा सम्पन्न भएको छ ।

पालिकाले आगामी १७ फागुनसम्म बाँकी तीन वडामा गएर निशुल्क आँखा शिविर सञ्चालन गर्ने जनाएको छ ।

गाउँपलिकाका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालका अनुसार अहिलेसम्म तीन वडा वडामा ६३५ जनाको आँखा जाँच भएको छ । त्यसमध्ये ४४ जनामा मोतियाविन्दुको समस्या देखिएको छ ।

उनका अनुसार वडा नं १ सिलुवामा १९१ जनाको आँखा परीक्षण गर्दा २१ जनामा मोतियाविन्दु देखियो, वडा नं २ जल्मामा भएको शिविरमा १७० जनाको परीक्षण गर्दा १४ जनामा मोतियाविन्दु देखियो र वडा नं ३ रिग्नेरहमा २७५ जनाको जाँच गर्दा ९ जनामा मोतियाविन्दु देखियो ।

ढकालका अनुसार अब आज वडा नं ४ देविनगर, भोली वडा नं ५ बीरकोट र पर्सी वडा नं ६ हेकलाङमा यस्तै शिविर शिविर चल्दैछ ।

त्यो शिविरमा भेटिने थप केश सहित आगामी १९ फागुनमा रिग्नेरह स्वास्थ्य चौकीमा निशुल्क रुपमा मोतियाविन्दुको शल्यक्रिया गरिनेछ ।

शिविरमा निशुल्क रुपमा चस्मा तथा औषधि समेत वितरण गरिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *