कालीकोटका १७ हजार बालबालिकालाई दादुरा र रुबेलाविरुद्धको खोप लगाइँदै

काठमाडौँ, ९ फागुन । कालीकोटका १७ हजार बालबालिकालाई दादुरा र रुबेलाविरुद्धको खोप लगाइँदै छ । ९ महिनादेखि ५ वर्षसम्मका १७ हजार ४ सय ३८ बालबालिकालाई खोप लगाइने स्वास्थ्य सेवा कार्यालय कालीकोटले जानकारी गराएको छ ।

फागुन १३ गतेदेखि १५ गतेसम्म पहिलो चरण र १७ गतेदेखि १९ गतेसम्म दोस्रो चरण गरी २ चरणमा खोप अभियान सञ्चालन गर्न लागिएको हो ।

पहिलो चरणमा जिल्लाको खाँडाचक्र नगरपालिका, पलाता गाउँपालिका, नरहरीनाथ गाउँपालिका, महावै गाउँपालिका र तिलागुफा नगरपालिकामा खोप अभियान सञ्चालन गरिनेछ भने दोस्रो चरणमा रास्कोट नगरपालिका, सान्नीत्रिवेणी गाउँपालिका, पचालझरना गाउँपालिका र शुभकालिका गाउँपालिकामा खोप अभियान सञ्चालन गरिने छ ।

खोप अभियान सञ्चालनका लागि जिल्लाका ९ वटा पालिकाका विभिन्न स्थानमा २ सय २७ वटाभन्दा बढी खोप केन्द्र तोकिएको छ ।

सरकारले आगामी फागुन महिनादेखि देशभर दादुरा र रुबेलाविरुद्धको खोप अभियान सञ्चालन गर्ने निर्णय गरेसँगै स्वास्थ्य सेवा कार्यलय कालीकोटले पनि आवश्यक तयारी थालेको जानकारी गराएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *