स्वास्थ्य सेवा तर्फका ९ चिकित्सक र २ नर्सिङ अधिकृत ११ औँ तहमा बढुवाका लागि सिफारिस

1.1k
Shares

काठमाडौँ, २ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बढुवा समितिको सचिवालयले स्वास्थ्य सेवा तर्फका ९ जना चिकित्सक र २ जना नर्सिङ अधिकृत एघारौं तहमा बढुवाका लागी सिफारिस गरेको छ।

समितिको मंगलबार बसेको बैठकले लोक सेवा आयोगको प्रक्रिया अनुसार सिफारिस गरेको हो।

समितिले प्रमुख कन्सल्टेण्टहरु सेवा समुह अन्तर्गत ग्यास्ट्रो इन्टेरोलोजिकलमा सर्जरीमा डा. जैनेन्द्र कुमार चौधरी, न्यूरो सर्जरीमा डा. निलम कुमार खड्का, अर्थोपेडिक सर्जनमा डा. ओम प्रसाद अर्याल, रेडियोलोजीमा रेडियो डाइग्नोसिसमा डा. विश्वनाथ शर्मा तथा ओटोरिनोल्यारिङ्गोलोजीमा डा. दिपेन्द्र गौतम र डा. शैलेन्द्र विक पोखरेललाई सिफारिस गरेको छ।

एनेस्थेसियोलोजीमा डा. शुभाष रेग्मी, अब्स्टेट्रिक्स एण्ड गाइनोकोलोजिमा डा. राम नरेश पंडित र डा.विनोद सिंह बढुवाका लागि सिफारिस भएका छन्।

त्यसैगरी, जनरल नर्सिङमा सरिता कार्की र मन्जु यादव बढुवाका लागि सिफारिस भएको बढुवा समितिले सार्वजनिक गरेको सूचनामा उल्लेख छ।

समितिले डेन्टिष्ट्री समूहर जनरल डेन्टल उपसमूह तर्फ माग पद १ (एक) का लागि दुईजना उम्मेदवारको दरखास्त पेश भएकोमा उनीले पेश गरेको शैक्षिक योग्यता स्वास्थ्य सेवा नियमावली २०५५ अनुसूची ७ बमोजिम हासिल गरेको नदेखिएकोले सिफारिस नगरेको जनाएको छ ।

हेरौँ सूचना

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *