चिकित्सकको सेवा सम्बन्धी विधेयकको मस्यौदा तयार गर्न डा. पौडेलको संयोजकत्वमा समिति गठन

मन्त्रिस्तरीय निर्णय भएको पाँच महिना पछि भयो सचिवस्तरीय निर्णय

काठमाडौँ, २९ माघ । स्वास्थ्य मन्त्रालयले चिकित्सकहरुको सेवा सुविधा सुरक्षा जनशक्ति परिचालन, क्षमता अभिबृद्धि तथा विदेशीने प्रबृत्ति कम गर्ने लगायतका समस्या समाधान गर्ने सम्वन्धी विधेयकका लागि मस्यौदा तयार गर्न पाँच सदस्यीय समिति गठन गरेको छ ।

गत २३ माघमा गठित समितिको संयोजकमा मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा कृष्णप्रसाद पौडेल रहेका छन् ।

उक्त समितिमा नेपाल मेडिकल काउन्सिलका प्रतिनिधि, नेपाल चिकित्सक संघका अध्यक्ष र सरकारी चिकित्सक संघका अध्यक्षलाई सदस्य तोकिएको छ । समितिको सदस्य सचिवमा भने मन्त्रालयकै कानुन शाखा उपसचिवलाई राखिएको छ । उक्त समितिलाई एक महिना भित्र सो सम्बन्धी अवधारणा पत्र तयार गरी पेश गर्न भनिएको छ ।

तीन महिना भित्रै गर्ने भनिएको काम पाँच महिना पछि
सेवा सुविधा तथा सुरक्षाका विषयलाई लिएर गत भदौको अन्तिम साता तिर चिकित्सकहरु आन्दोलित भएपछि ३१ भदौमा सरकारले चिकित्सक संघका प्रतिनिधिसंग उनीहरुका मागका विषयमा छलफल गर्न समिति बनाएको थियो । सो समिति र चिकित्सक संघका प्रतिनिधिबीच भएको बार्तापछि गरिएको निर्णयको ५ नं बुदा कार्यान्वयन गर्न यो समिति गठन भएको हो ।

स्वास्थ्य मन्त्री बस्नेतले गत ३१ भदौमा मन्त्रीस्तरीय निर्णयबाट तीन महिना भित्र चिकित्सकको सेवा, सुविधा, सुरक्षा जनशक्ति परिचालन, क्षमता अभिबृद्धि तथा विदेशीने प्रबृत्ति कम गर्नका लागि विधेयकको मस्यौदा तयार गर्ने प्रतिवद्धता जनाएका थिए ।

तर तोकिएको अवधी भित्र उनले काम अगाडी बढाउन सकेनन् ।

ठिक पाँच महिना पछि सोही निर्णयलाई कार्यान्वयन गर्न सचिवस्तरीयबाट समिति गठन भएको हो । डा पौडेल नेतृत्वको समितिलाई एक महिना भित्र विधेयकको मस्यौदा तयार गर्न भनिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *