बर्दिया अस्पतालका मेसु डा. पाण्डेय जिल्लाको उत्कृष्ठ कार्यलय प्रमुख घोषित

बर्दिया, २३ माघ । जिल्ला प्रशासन कार्यलय बर्दियाले बर्दिया अस्पताल गुलरियाका मेडिकल सुपरीटेन्डेन्ट डा. सुवास पाण्डेयलाई पुस महिनाको उत्कृष्ठ कार्यालय प्रमुख घोषणा गरेको छ ।

बर्दिया जिल्लाका कार्यलय प्रमुख बैठकबाट मेसु डा पाण्डेयलाई कार्य सम्पादनको आधारमा पुस महिनाको उत्कृष्ट कार्यालय प्रमुख घोषणा गरिएको हो ।

जिल्लामा अहिले ८० बढी सरकारी कार्यालयहरु छन् ।

बर्दियामा प्रमुख जिल्ला अधिकारीको रुपमा भर्खरै सरुवा भएर आएका बेद प्रसाद खरेलले कार्यलय प्रमुखलाई मासिक रुपमा सम्मान गर्ने प्रचलन सुरु गरेका हुन् । प्रजिअ खरेलले महिनाभर गरेको कार्य सम्पादन, जनतामा पारेको प्रभाव र सामाजिक मान्यताको आधारमा संस्थाका प्रमुखलाई सम्मान गर्ने बताए ।

आज बसेको कार्यालय प्रमुखहरुको बैठकले अब देखि हरेक महिनाको ४ गते बैठक बसेर संस्था प्रमुखलाई महिनाको उत्कृष्ठ कार्यालय प्रमुखको रुपमा सम्मान दिईने निर्णय भएको छ ।

सुरुवातमै पुरस्किृत भएपछि बर्दिया अस्पतालका मेसु डा पाण्डेय पनि खुशी देखिएका छन् । ‘यस्तो कार्यले संस्थालाई थप सुदृढ बनाउन प्रोत्साहन मिल्दो रहेछ । पहिलो पटक सुरु गरिएको यो पुरस्कृत गर्ने कार्यक्रमको पहिलो बिजेताको रुपमा सम्मानित हुन पाउँदा निकै खुशी छु र जिम्मेवारी थपिएको महसुस गरेको छु,’उनले भने ।

त्यसो त अस्पतालको न्युनतम सेवा मापदण्डको मूल्यांकनमा बर्दिया जिल्ला अस्पताल ९६ अंकका साथ लुम्बिनी प्रदेश प्रथम भएको छ ।

देशभरका अस्पतालहरुमा भने बर्दिया दोस्रो स्थानमा छ । पहिलो स्थानमा रहेको भक्तपुर अस्पतालले बर्दियाले भन्दा एक अंक बढी अर्थात ९७ अंकका साथ प्रथम स्थानमा रहेको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *