स्वास्थ्य कार्यालय काठमाडौँको प्रमुखमा डा अर्जुनप्रसाद सापकोटा

प्रदेश स्वास्थ्य तालीम केन्द्रमा डा. झा र आपूर्ति केन्द्रमा डा. अधिकारी

काठमाडौँ, २० मंसिर । स्वास्थ्य कार्यालय काठमाडौँको प्रमुख फेरिएका छन् । बागमती प्रदेश सरकारले डा अर्जुनप्रसाद सापकोटालाई स्वास्थ्य कार्यालय काठमाडौँको प्रमुख बनाउने निर्णय गरेको छ । अहिले काठमाडौँको प्रमुख डा भुवन पौडेल थिए ।

त्यसो त जिल्ला स्वास्थ्य कार्यालय भए पनि काठमाडौँको प्रमुखमा ११ तह तोकिएको छ ।

डा सापकोटा आजै मात्रै एघारौँ तहमा बढुवा भएका हुन् । प्रदेश मन्त्रिपरिषद्को बैठकले आजै सापकोटालाई स्वास्थ्य कार्यालय काठमाडौँको प्रमुख बनाएर पठाउने निर्णय गरेको हो ।

बागमती प्रदेशका स्वास्थ्य सचिव दिपक तिवारीले स्वास्थ्य कार्यालय काठमाडौँको प्रमुखमा डा सापकोटालाई जिम्मेवारी दिइएको बताए ।

यस्तै बागमती प्रदेश स्वास्थ्य तालीम केन्द्रको प्रमुखमा डा नरेन्द्रकुमार झालाई जिम्मेवारी दिइएको छ । यसैगरी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र प्रमुखमा डा बसन्त अधिकारीलाई जिम्मेवारी तोकिएको सचिव तिवारीले बताए ।

डा झा र अधिकारी पनि आजै नै एघारौँ तहमा बढुवा भएका हुन् । उनीहरुले अहिले सम्हालेको निकायमा पनि एघारौँ तहकै कर्मचारी प्रमुख हुने व्यवस्था छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *