वीर अस्पतालको निमित्त निर्देशकको जिम्मेवारी डा. श्रवणकुमार थापालाई

काठमाडौँ, १७ मंसिर । वीर अस्पतालको निमित्त निर्देशकको जिम्मेवारी डा श्रवणकुमार थापाले पाएका छन् । स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले गत १४ मंसिरमा त्यहाँका निर्देशक डा. सन्तोष पौडेललाई पदमा नरहने गरी मन्त्रालय तानेपछि सहायक निर्देशक थापालाई निमित्त निर्देशक बनाइएको हो ।

उनी यसअघि वीरमै सहायक निर्देशक थिए ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेतले दैनिक कार्य सञ्चालनका लागि अलि सहजता होस भनेर थापालाई निमित्त निर्देशक बनाइएको बताए । ‘अर्को व्यवस्था नहुँदासम्म दैनिक कार्य सञ्चालनका लागि हामीले निमित्त निर्देशकको जिम्मेवारी डा थापालाई दिएका छौँ,’ डा बस्नेतले भने ।

मन्त्री बस्नेतले डा पौडेललाई निर्देशकबाट हटाउनुको पछाडाी राजनीतिक पार्टीमा आवद्धता भएको बताए पनि उनलाई पठाएको पत्रमा कारण उल्लेख गरिएको छैन ।

धेरैले मन्त्री बस्नेतको यो निर्णयलाई राजनीतिक पूर्वाग्रहपूर्ण कदम भनेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *