विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ५१ प्रतिशत पास

काठमाडौँ, १७ मंसिर । नेपाल मेडिकल काउन्सिलले गत शुक्रबार लिएको २७ औँ विशेषज्ञ दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा ५१.३६ प्रतिशत उत्तीर्ण भएका छन् ।

काउन्सिलका निमित्त रजिष्ट्रार डा सुप्रभात श्रेष्ठका अनुसार परीक्षामा १८३ जना सहभागी भएकोमा ९४ जना ( ५१.३४ प्रतिशत) उत्तीर्ण भएका थिए । परीक्षामा ८९ जना अनुत्तीर्ण भएका छन् ।

परीक्षामा ६ जनाको परीक्षाका बेला प्रवेश पत्रमा तोकिएको अनुसारको परिचयपत्र लिई नआएकोले नतिजा रोक्का भएको काउन्सिलले जनाएको छ ।

यसअघि गत १२ साउनमा भएको विशेषज्ञ लाइसेन्स परीक्षामा ४८.३३ प्रतिशत उत्तीर्ण भएका थिए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *