विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ५१ प्रतिशत पास

काठमाडौँ, १७ मंसिर । नेपाल मेडिकल काउन्सिलले गत शुक्रबार लिएको २७ औँ विशेषज्ञ दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा ५१.३६ प्रतिशत उत्तीर्ण भएका छन् ।
काउन्सिलका निमित्त रजिष्ट्रार डा सुप्रभात श्रेष्ठका अनुसार परीक्षामा १८३ जना सहभागी भएकोमा ९४ जना ( ५१.३४ प्रतिशत) उत्तीर्ण भएका थिए । परीक्षामा ८९ जना अनुत्तीर्ण भएका छन् ।
परीक्षामा ६ जनाको परीक्षाका बेला प्रवेश पत्रमा तोकिएको अनुसारको परिचयपत्र लिई नआएकोले नतिजा रोक्का भएको काउन्सिलले जनाएको छ ।
यसअघि गत १२ साउनमा भएको विशेषज्ञ लाइसेन्स परीक्षामा ४८.३३ प्रतिशत उत्तीर्ण भएका थिए ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 




