नयाँ दिल्लीको वायु प्रदुषण स्तर बढ्यो, मास्क अनिवार्य गर्न निर्देशन

52
Shares

काठमाडौँ, ८ मंसिर । भारतको राजधानी नयाँ दिल्ली पछिल्लो तीन दिनदेखि धुवाँको तुवाँलोमा रुमल्लिएको छ। जसका कारण मानिसहरूले केही मिटर टाढा पनि स्पष्ट रूपमा देख्न नसक्ने अवस्था भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

नयाँ दिल्लीमा धुवाँ र प्रदूषणका कारण टाउको दुख्ने, थकान लाग्ने, सास फेर्न गाह्रो हुने जस्ता समस्यालाई सामान्य रुपमा हेर्नुपर्ने अवस्था बनेको छ। नयाँ दिल्लीको प्रदूषण अझै बढ्न सक्ने अनुमान गरिएको छ। अहिलेको प्रदूषणलाई सन् २०१६ को नोभेम्बर पछिको सबैभन्दा खतरनाक भनिएको छ।

नयाँ दिल्लीमा लगातार प्रदुषणको स्तर बढ्दै गएपछि केही दिनका लागि दिल्लीबाट दूर (टाढा) जान विज्ञहरुले सुझाव दिएका छन्। यदि दिल्ली भन्दा टाढा जान नसक्नेहरुले भने मास्क लगाएर मात्रै यात्रा गर्न अनुरोध गरेका छन्।

केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड ९सीपीसीबी०को एयर बुलेटिन अनुसार बिहीबार राजधानीको एक्यूआई ३९० थियो। राजधानीका धेरै ठाउँमा प्रदूषणको अवस्था गम्भीर छ।

सबैभन्दा प्रदूषित स्थानहरूमा,अलीपुरको एक्यूआई ४२३, पंजाबी बाग ४२५, नेहरू नगर ४२८, सोनिया विहार ४२०, जहाँगीरपुरी ४३४, रोहिणी ४२०,विवेक विहार ४२४, वजिरपुर ४३१, बवाना ४४४ थियो ।

राजधानीका १५ स्थानमा प्रदूषणको स्तर निकै माथी पुगेको छ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *