कोरोना खोपको अनुसन्धान गर्ने दुई चिकित्सकले पाए चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार

200
Shares

काठमाडौँ, १५ असोज । कोभिड-१९ विरूद्धको खोपमा प्रयोग भएको प्रविधिमा अनुसन्धान गरेका दुई जना चिकित्कले यसवर्षको चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार पाएका छन्।

नोबेल पुरस्कार समितिले सोमबार वैज्ञानिकहरू क्याटलिन कारिको र ड्रयु वेसम्यानलाई मेसेन्जर आरएनए भ्याक्सिन बनाउन गरेको खोजका लागि चिकित्सा विज्ञानतर्फको पुरस्कार दिने घोषणा गरेको हो।

विजेतालाई नोबेल पुरस्कारका रूपमा प्रमाणपत्रसहित बाह्र लाख अमेरिकी डलर प्रदान गरिनेछ।

सन् १९५५ मा हंगेरीमा जन्मिएकी कारिको अहिले हंगेरीको जेगेड युनिभर्सिटी र अमेरिकाको युनिभर्सिटी अफ पेन्सिलभेनियामा आवद्ध छन्।

१९५९ मा अमेरिका जन्मिएका वेसम्यान पनि अहिले युनिभर्सिटी अफ पेन्सिलभेनियामै आवद्ध छन्।

सन् २०१९ को अन्त्यबाट संसारभरि कोभिड- १९ महामारी सुरू भएको थियो। जसका कारण विश्का झन्डै ७० लाख मानिसको मृत्यु भएको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *