काउन्सिलले भन्यो: ‘उपचारमा लापरवाही भएको लागे हामीलाई भन्नुहोस्, चिकित्सक माथि आक्रमण गर्ने होईन’

काठमाडौँ, ९ असोज ।   नेपाल मेडिकल काउन्सिलले उपचारका क्रममा चिकित्सकहरुबाट लापरवाही वा हेलचेक्राई भएको लागे आफूकहाँ उजुरी दिन अपिल गरेको छ । देशका विभिन्न भागमा उपचारमा लापरवाही तथा हेलचेक्राई भएको भन्दै चिकित्सकहरुमाथि आक्रमण हुने क्रम बढ्न थालेपछि काउन्सिलले यस्तो अपिल गरेको हो ।

काउन्सिलका रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारीले आज जारी गरेको विज्ञप्तीमा उपचारमा लापरवाही वा हेलचेक्राई भई कुनै घटना भएको भए त्यसबारेमा गुनासो सुन्ने वा छानविन गर्ने संस्था नेपाल मेडिकल काउन्सिल भएको त्यस्ता घटनाको छानविन समेत भइरहेको उल्लेख छ ।

उनले उपचारसंग सम्बन्धित कुनैपनि घटनाको काउन्सिलमा उजुरी नगरी चिकित्सकमाथि भौतिक आक्रमण गर्ने कार्यले हित नहुने स्पष्ट पारेको छ ।

काउन्सिलले उपचार गर्ने स्थललाई शान्ति र भयरहित बनाउन समेत अनुरोध गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *