चिकित्सकमाथि हातपात बढेको भन्दै त्रिवि शिक्षण अस्पतालका चिकित्सकद्धारा बिरोध प्रदर्शन

काठमाडौँ, ९ असोज । चिकित्सकमाथि हातपात बढेको भन्दै त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरुले बिरोध प्रदर्शन गरेका छन् ।

त्रिवि शिक्षण अस्पतालका रेसिडेन्ट डाक्टरले आकस्मिक बाहेकका सेवा ठप्प पार्दै बिरोध प्रदर्शन गरेका छन् । श्रृंखलावद्ध जस्तो चिकित्सकमाथि आक्रमण भइरहेको बताउँदै रेसिडेन्ट डाक्टरहरुले आकस्मिक बाहेकका सेवामा आफूहरु संलग्न नहुने भन्दै बिरोध  प्रदर्शन गरेका हुन् ।

पछिल्लो १० दिनको बीचमा हेटौँडा, कञ्चनपुर, मोरङ, चितवन, लमजुङ र पोखरामा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण भएकाले सुरक्षा ग्यारेन्टी नभएसम्म काममा नफर्किने गरी आन्दोलन गरिएको शिक्षण अस्पताल अन्तर्गतको स्वतन्त्र विद्यार्थी युनियनले जनाएको छ ।

शिक्षण अस्पताल रेसिडेन्ट चिकित्सक संघले विज्ञप्ति जारी गर्दै आफूहरुले काम छाडेको जानकारी गराएको छ । राष्ट्रिय आवासीय चिकित्सक संघ शिक्षण अस्पतालका तर्फबाट सभापति सन्दीपकुमार ओखेडाले र्‍यालीका लागि आह्वान गरेका थिए।

सोही आह्वान अन्तर्गत अस्पतालमा कार्यरत चिकित्सक र त्यहाँ अध्ययनरत विद्यार्थीले र्‍शिक्षण अस्पतालबाट र्याली निकालेर माइतिघर मण्डलामा पुगेर बिरोध प्रदर्शन गरेका छन् ।

डाक्टरहरूले कार्यस्थलमा सुरक्षाको प्रत्याभूति हुनुपर्ने, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी संशोधन ऐन कार्यान्वयन गर्नुपर्ने आवाज उठाएका छन् ।

माइतीघरमा विरोध प्रदर्शन गर्दै उनीहरूले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको राजीनामा समेत माग गरेका छन् ।

प्रदर्शनका केही तस्वीरहरु:


Leave a Reply

Your email address will not be published. Required fields are marked *